काठमाण्डौ । नोकियाले फिनल्यान्डको दूतावाससँगको सहकार्यमा शुक्रबार काठमाण्डौको होटेल मेरियटमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’  आयोजना गरेको छ।

वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरु सम्म आफ्ना ग्राहक अपरेटरहरुमार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्याउन सफल भएको छ।

अब नेपाललाई फाइभजी युगका लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य नोकियाले लिएको छ। जसको मुख्य उद्देश्य भनेको उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभनेसाथ साथैहरके कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई सशक्तीकरण गराउनु पनि हो।

नोकिया नेपाल इनोभेसन डे कार्यक्रममा नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्वाध रुपमा जडान गर्न, नयाँ सेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो।

कार्यक्रमका मुख्य विषयहरु फाइभजी क्रान्ति जारी गर्दै, इन्डस्ट्री ४.० को डिजिटल युगमा रुपान्तरण र गीगाबिट युगमा गति बढाउँदै जाने रहेको थियो। 

पहिलेभन्दा अझ छिटो, धेरै मात्रामा फलदायी रुपमा जडान गर्ने फ्युचर-प्रूफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भनी नेपालका दूरसञ्चार सञ्चालकहरुले बुझेर लाभ उठाउनेछन्। थप सक्रिय, डिजिटल र दिगो भविष्यका निम्ति विज्ञहरुले उद्योग, सरकार र सहरहरुका लागि उद्देश्य—डिजाइन नेटवर्कहरु निर्माण गर्नेबारे कुरा गरेका छन्। अजेन्डामा बिजुली र उपयोगिता, सार्वजनिक सुरक्षा, यातायात, स्मार्ट सहरहरुलगायत विभिन्न उद्योग भर्टिकल्सहरुका लागि इन्डस्ट्री ४.० का निम्ति फाइभजी प्रयोग गर्नेबारे छलफलहरु समावेश गरिएको थियो।

नोकियाले मोबिलिटी, फिक्स्ड नेटवर्क, आईपी र अप्टिकल नेटवर्क र इन्टरप्राइजेजका लागि आफ्नो बजार अग्रणी समाधानहरु प्रदर्शन गरेको थियो भने नेटवर्कहरु स्केलमा प्रदर्शन गर्ने बारे, गतिमा अनुकूलन गर्ने, ग्राहकको अनुभव बढाउने र नयाँ राजस्व स्ट्रिमहरु अनलक गर्ने र डिजाइन गर्न सकिन्छ भनेर प्रदर्शन गरेको थियो।