काठमाण्डौ । नोकिया ८ लाई फोब्र्सले “स्मार्टफोन अफ द ईयर २०१७” घोषित गरेको छ ।

थुप्रै स्मार्टफोनहरुमध्ये नोकिया ८ साथै आईफोन एक्स , सामसङ्ग ग्यालेक्सी एस आठ इज प्लस र पिक्सल टु एक्सएल पनि २०१७ का स्मार्टफोन अफ द ईयरको रुपमा सूचिकृत भएका छन् । 

वर्ष २०१७ मा एच्.एम.डी ग्लोबलले नोकियासँग मिलेर नोकियाको पहिलो एण्ड्रोइड–पावर स्मार्टफोनको परिचय बजारमा गराएको हो । नोकियाको नयाँ हान्डसेट नोकिया ८ हाई–इन्ड एण्ड्रोइड स्मार्टफोनमा गनिन्छ । स्मार्टफोन अफ द ईयर २०१७ का लागि फोनको डिजाइन र फङ्सन मात्र नहेरी फोनले बजारमा ल्याएको चहलपहल र फोनमा उपलब्ध गराईएको नयाँ सुविधाहरुलाई पनि मूल्याङ्कन गरिएको थियो  ।

हाई–इन्ड स्मार्टफोनहरुको बजारमा धेरै होडबाजीे चलेको छ । २०१७ मा आईफोन एक्स  र एस एट पिक्सल टूजस्ता नयाँ स्मार्टफोनहरुले ग्राहकहरुको ध्यान तानेका थियो । एच्.एम.डी ग्लोबलले नोकियाको पहिलो एण्ड्रोइड–पावर स्मार्टफोन निकाली नोकिया ६ बाट ग्राहकहरुलाई आकर्षित गर्न सफल बनेको थियो । 

नोकिया ८ ले ल्याएको “बोथि” अर्थात दुई तर्फी लाईभ भिडियो स्ट्रिमिङ्गको विशेषताले नै नोकिया ८ लाई एक उत्कृष्ट स्मार्टफोनको रुपमा चिनाएको छ । अन्य विशेषता मध्ये यसमा रहेको क्वालकमको स्नापड्रागन ८३५ र एण्ड्रोइड ओरियो अपडेटले पनि यसको उत्कृष्टता बढाएको छ । नोकिया ओजेड्ओ स्पासियल ३६० डिग्री अडियो भएको पहिलो स्मार्टफोन पनि नोकिया ८ हो । फोनमा प्रशस्त स्ट्रोरेज भएकाले आफ्नो फोटोहरु गुगल फोटोमा राख्न सकिन्छ ।

नोकिया ८ मा पाईने डबल – लेन्स क्यामेरा (जाईसिस् अप्टिक्स) को साथ खिचिने तस्बिर , क्वालकमको क्विक चार्जले हुने छिटो चार्जिङको व्यवस्था, एण्ड्रोइड ओरियो भएकाले फोनमा निरन्तर हुने अपडेट र साथै नोकिया ८ को यूएसबी सी द्धारा हुने सजिलो कनेक्टिभिटिका कारण यो स्मार्टफोनलाई फोब्र्सले स्मार्टफोन अफ द ईयर २०१७ नाम दिइएको बताइएको छ ।