काठमाण्डौ । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न भएको छ।

नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो। विभिन्न संघसंस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानवसंसाधनको क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो।

शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाइस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एन्ड एडमिनिस्ट्रेसन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडकी ऋचा पाण्डे र एसियन पेन्ट्सका सुधीर ढुंगेललगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवी व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। 

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाँै र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुसी लागेको छ। मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तरव्यक्तिगत सीपमात्र विकास नगरी संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ।’

एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाइदा लिन सक्छ भन्ने उद्देश्यले प्रशिक्षणमा सहभागी भएको एक सहभागीले बताए। प्रशिक्षणमा सहभागी भएर आफूले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको उनले सुनाए।

यसका साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागीले बताउ। प्रतिष्ठित संस्थाहरुबाट आएका अनुभवी र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र उनीहरुको अनुभवबाट पनि अझै धेरै कुरा जान्ने र बुझ्ने मौका मिलेको सहभागीहरुले बताएका छन्। प्रशिक्षण अन्तर्क्रियामूलक, जानकारीमूलक र रमाइलो भएको उनीहरुको प्रतिक्रिया थियो।

तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ। इच्छुकले जततउकस्ररतष्लथगच।िअयmरथतउगवद्धाचमा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। 

ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुंगा साबित हुने कम्पनीको विश्वास छ। एचआर ट्रेनिङका साथ–साथै कुमारी जबले समय–समयमा लेखापरीक्षण, एक्सेल, डिजिटल मार्केटिङजस्ता विषयहरुमा पनि प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ।