काठमाण्डौ । हाई एन्ड ग्लोबल टीभी ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआईओटी) को पायोनियर स्काईवर्थले नेपालमा क्यूएलईडी प्लस गुगल टीभी ल्याएको छ। 

एसयूई ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ। स्काई वर्थका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता केएल दुगड ग्रुुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो।  

गुगल टीभीको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टीभीको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ। गुगलले आफ्नो एन्ड्रोइड टीभी एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताले आफ्नो टीभी पनि पर्सनलाइज गर्न सक्नेछन्। यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्टअनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ।  

यसको नयाँँ जेनेरसनको इको क्यूएलईडी क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ। यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ।

क्यूएलईडी प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सरसहितको एउटा नयाँँ जेनेरसनको क्यूएलईडी टेलिभिजन हो। यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ। 

स्काईवर्थको लेटेस्ट कमिलियन एक्स्ट्रिम २.० ले तस्बिरहरु सुक्ष्म रुपमा विश्लेषण गरेर प्रोसेस गर्छ। एसयूआई ९५०० बिना फ्लिकर हाई कलर गेमुट प्रयोग गर्ने पहिलो क्यूएलईडी हो। जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुका साथै हेर्ने मानिसको आँखालाई पनि नराम्रो असर गर्दैन।

त्यस्तै फिफा वर्ल्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काईवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ। यस स्किमअन्तर्गत उपभोक्ताले स्काईवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो स्किम मंसिर ३० गतेसम्म लागू हुनेछ। एसयूई ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ।