काठमाण्डौ । बैैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याउन राष्ट्र बैंकका गभर्नर प्रतिबद्ध रहेको बताएका छन्।
सिबिफिनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष शाहले यस्तो प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर ब्याजदर सिंगल डिजिटमा ल्याउन प्रतिबद्ध रहेको बताएका हुन्। ‘त्यसैले अब ब्याजदर घट्नुपर्छ’, उनले भने, ‘मुद्रास्फीति र ब्याजदरमा मिलान हुनै पर्छ।’
उपाध्यक्ष शाहले सरकारी संस्थाहरु नै ब्याज खान पल्केको बताए। ‘त्यसैले सरकारी संस्थाका विभिन्न कोषमा रहेका रकम धमाधम बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गरिरहेका छन्’, उनले भने।
भारतमा रहेकाले खाता खोलेमा ४–५ अर्ब रुपैयाँ बैंकिङ च्यानलमार्फत आउने पनि शाहले बताए।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago