काठमाण्डौ । अमेरिकी सेयर बजारमा कालो सोमबार अर्थात ब्ल्याक मन्डे भनेर चिनिने दिन आज ३५ वर्ष पूरा भएको छ।

सन् १९८७ को अक्टोबर १९ आजकै दिनमा अमेरिकी सेयर बजारको इतिहासमा मंगलबारको दिन एक दिन सेयर बजार २२.६ प्रतिशत गिरावट आएको थियो। उक्त दिन  डाउ जोनमात्रै ५०८ अंकले गिरावट आएको थियो। यो दिन डाउ जोनमा प्यानिक सेल आएको थियो। 

यो समयमा अधिकांश लगानीकर्ताले अमेरिकी बजारमा पनि स्वयं उपस्थित भएर सेयर किनबेच गर्ने गर्थे। अमेरिकी लगानीकर्ता त्यो दिन सम्झिँदै भन्छन्, ‘सेयर बजारमा अत्याधिक सट्टेबाजी हुने भएकोले त्यस्तो दिन फेरि आउँदै आउँदैन भनेर भन्न सकिन्न।’ –एजेन्सी