काठमाण्डौ । विगत ४ वर्षदेखि नेपाली वजारमा अफिस तथा घरका लागि सर्वाधिक लोकप्रिय भएको भि–बोनका कुर्सीहरु नेपालभरिका बिक्रेता भेटघाट कार्यक्रम ‘भी–बोन यू, मी एन्ड द वेभ २०२२’ सम्पन्न भएको छ।
कार्यक्रममा वर्ष २०२३ का लागि कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरीरको भारअनुरुप संयोजन गर्ने तरिका) कुर्सीहरु प्रदर्शित गरी अबका केही दिनमा नेपालभरिका भी–बोन बिक्रीस्थलमा उपलव्ध हुने जानकारी गराइएको छ।
कार्यक्रममा मोन्टेश्वरी कुर्सीको पनि प्रदर्शन गरिएको थियो। मोन्टेश्वरी कुर्सीले सबैको ध्यान आकर्षित गरेको थियो। भी–बोनको मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहेको कम्पनीले दाबी गरेको छ।
केडिया समूहद्वारा अधिराज्यभरि भी–बोन कुर्सी बिक्रीवितरण भइरहेको छ। बिक्रीपश्चात मर्मत तथा वारेन्टीसम्वन्धी कार्यतालिकालाई विगतभन्दा अझ सहज तथा सुलभ तरिकाबाट ग्राहकलाई सेवा दिनेमा भेलामा प्रतिबद्धता जनाइएको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago