काठमाण्डौ । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ।
प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी प्रतियोगिताको फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भदौ १० गते थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजक ललिता सापकोटाले बताइन्।
विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेसन शो र रनवेमा सहभागिता, म्युजिक भिडियो, पत्रपत्रिका तथा म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन्।
प्रतियोगिताको निर्णायक मण्डलका रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेसनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेसनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ। प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ।
13 minutes ago
35 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago