काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज सोमबार समस्या देखिएका कारण चलेको छैन। 

मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न लगानीकर्ताहरु पाइरहेका छैनन्। यो कम्पनीको आईपीओमा भोलि चैत १० गतेसम्म आवेदन दिन पाइन्छ।

सीडीएससी प्राविधिक समस्या आएको भन्दै मेरो सेयर पोर्टल बन्द गरेको हो। सीडीएससीका एक अधिकारीले सर्भर डाउन भएका कारण मेरो सेयर बन्द भएको बताएका छन्। के–कति कारण सर्भर डाउन भयो भन्ने विषयमा प्राविधिकहरुले जाँच गरिरहेको र अब केही समस्या समाधान हुने ती अधिकारीले जानकारी दिए। ‘अबको आधा घन्टाभित्र मेरो सेयर चल्छ’, उनले भने।  

मेरो सेयरमा बारम्बार समस्या आउँदा लगानीकर्ताहरु हैरान हुने गरेका छन्।