काठमाण्डौ । ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाण्डौ अडिसन चैत ४ र ५ गते हुने भएको छ। आयोजक कम्पनीका अनुसार प्राविधिक कारणहरुले गर्दा अडिसन एक हप्ता पछाडि सरेको हो।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।
यसका साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्नेछन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समुह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशि भएको रियालिटी शोहरु हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली १ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। यसका साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। डान्स युनिभर्स’को सँस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसका साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago