काठमाण्डौ । ‘मेरो सेयर’को ईडीआईएसमा समस्या आउँदा लगानीकर्ताहरु हैरानमा परेका छन्।
आफूले बेचेको सेयर हस्तान्तरण ईडीआईएसमार्फत गर्नुपर्छ। तर, ईडीआईएसको ‘माई होल्डिङ’मा अपडेट गर्न नमिल्दा लगानीकर्ताहरु समस्यामा परेका छन्।
लगानीकर्ताले सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म ईडीआईएसमार्फत सेयर हस्तान्तरण गर्नुपर्ने प्रावधान छ। यदि तोकिएको समयभित्र सेयर हस्तान्तरण गर्न नसके सेयर बेचेका लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना हुन्छ। क्लोज आउटमा पर्दा लगानीकर्ताले आफूले बेचेको सेयरको कुल मूल्यको २० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ईडीआईएसको ‘माई होल्डिङ’मा प्राविधिक समस्या देखिएको बताए। ‘प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘केही समयभित्रै समस्या समाधान हुन्छ।’
9 minutes ago
58 minutes ago
22 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago