काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तीव्रता दिँदै आएको छ। 

असोज महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिनाभन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन भइसकेको छ। 

यसै सिलसिलामा १५, १६ र १७ गते हेटौँडा, दमौली, भीरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएको छ। सहायक क्याम्पस प्रमुख देवीराम लामाको अध्यक्षतामा १७ गते हेटौँडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो। कार्यक्रममा बीमाको महत्वबारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पारेका थिए। कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिए। 

कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रीय सदस्य सन्ध्या पोखरेल र रोमी श्रेष्ठसमेतको उपस्थिति थियो।

यसैगरी स्याङ्जाको भीरकोटस्थित भूपूसैनिक कम्युनिटी एकेडेमीमा अभियानका केन्द्रीय सदस्य खेम भट्टराईको अध्यक्षतामा सञ्चालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रीय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएको थियो। मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक वीरेन्द्र पौडेलको अध्यक्षतामा सञ्चालित ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता थियो। 

कम्पनीका क्षेत्रीय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।   

बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गर्यो। ४० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जीसी र कम्पनीका शाखा प्रमुख जयप्रकाश उपाध्यायले बीमाको महत्वबारेमा र कम्पनीका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएको थियो। मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख सञ्जीव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर साही र कम्पनीका शाखा प्रमुख जयप्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारेका थिए। 

कम्पनीका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई बीमासम्बन्धी प्रशिक्षण दिएका थिए।