– अर्जुन तिमिल्सिना
काठमाण्डौ । एउटै उद्देश्य बोकेर क्रेता र बिक्रेताको जम्काभेट हुने ठाउँलाई बजार भनिन्छ। चाहे त्यो सेयर बजार होस् वा तरकारी बजार। त्यहाँ क्रेता र बिक्रेताको भेट हुन्छ।
सेयर बजारमा पनि सेयर खरिदबिक्रीको उद्देश्य बोकेर क्रेता र बिक्रेताको जम्काभेट हुन्छ। त्यसो त अहिले सेयर अभौतिकीकरण भएपछि र टीएमएस आइसकेपछि धेरै लगानीकर्ताले आफ्नै घर तथा अफिसबाट पनि कारोबार गर्ने गर्छन्।
पछिल्लो समय सेयर बजार बढेसँगै ब्रोकर हाउसहरुमा चहलपहल पनि बढेको छ।
कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा भने आज फरक दृश्य देखियो।
कोहिनुरमा लगाानीकर्ताको उपस्थिति बाक्लै थियो। बजार बिहानैदेखि बढेको थियो। केही लगानीकर्ता राष्ट्रपतिको निर्वाचनसम्म बजार यस्तै रहने तर्क गर्दै थिए भने केहीले बजार अब धेरै नघट्ने बताउँदै थिए।
यत्तिकैमा एक व्यक्ति ब्रोकर हाउस (कोहिनुर)मा प्रवेश गरे। ‘म त गाउँबाट भर्खर आएको हुँ’, झोलाबाट यार्सागुम्बा निकालेर देखाउँदै भने, ‘किन्नुहोस् है ! यो त क्यान्सरदेखि यौनशक्ति बढाउनसमेत उपयोगी रहेको छ।’
ती व्यक्तिले प्लास्टिकको बोतलबाट खनाउँदै केही लगानीकर्तालाई पिनासको राम्रो उपचार हुने भन्दै केही आयुर्वेदिक औषधि पनि बेच्न भ्याए। केही लगानीकर्ताले यार्सागुम्बा पनि खरिद गरे र केहीले पिनासको औषधि पनि किने।
लगानीकर्तालाई आफ्नो समान बेचेर छोटो समयमै ती व्यक्ति कोहिनुरबाट बाहिरिएको थिए।
बजार बढेसँगै अचेल ब्रोकर हाउसमा सेयर कारोबारीसँगै अन्य कारोबारीदेखि लिएर ड्रेसमै सुरक्षाकर्मी ब्रोकर हाउसहरुमा पुग्ने गरेका छन्।
13 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago