काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८–७९ का लागि प्रतिफल घोषणा गरिएको छ। 

सनराइज बैंकबाट प्रवर्द्धित तथा सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको हो। जसअनुसार १० करोड ३२ लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलको सञ्चालक समितिले निर्णय गरेको छ। 

यसका साथै यो प्रतिफल वितरणार्थ बुक क्लोजको मितिसम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।