काठमाण्डौ । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकाससमेत गर्ने गरेकोमा जोड दिएका छन्। 

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार)को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिले सहकारीको समान सहकार्य विषयमा आफ्नो प्रस्तुति दिँदै उक्त कुरामा जोड दिएका हुन्। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए। 

अस्ट्रेलियाबाट सहभागी बिजनेस काउन्सिल अफ को–अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जीडीपीमा समेत सहकारीको ठूलो योगदानको जोड दिएको बताइन्। उनले आर्थिक सहभागिता र स्वायत्तता, स्वतन्त्राता र शिक्षा, तालिम र सहकारीबीचको सहकार्य गर्ने बताइन्। 

मोरिसनले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामीण क्षेत्रको समेत विकास योगदान पुर्याएको बताइन्। उनले सहकारीको सहकार्यले देशको आर्थिक विकाससँग देशको दियो विकासमा ठूलो भूमिमा खेलेको आफ्नो प्रस्तुतमा उल्लेखसमेत दिइन्।   

भारतबाट प्रतिनिधित्व गरेका आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए। उनले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहायोग पुगेकोमा जोड दिए। 

आफ्नो प्रस्तुति दिँदै एयरले पछिल्लो समय सहकारीहरुमा विचलन आएको हो कि भन्ने प्रश्नसमेत गरेका थिए। उनले सहकारी अभियान्तामा विचलन नहुन समेत जोड दिए। सहकारी अभियानतामा विचलन आउँदा पछिल्लो समय सहकारीमा समस्या आएको धारणा उनले व्यक्त गरे।  सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र निर्देशन आवश्यक नभएको उनको जोड थियो।  

यस्तै अर्का वक्ता भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकजकुमार बंशलले सहकारीहरुको पहिचान संकटमा परेकोतर्फ इंगित गरे। 

पूर्वअर्थमन्त्री खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गर्दै पंकज बंशलले सहकारीलाई विश्वासनिय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिएको  बताए। सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनीता माथि ठुलो चुनौती आएको जनाए। सहकारीमा समान सहकार्यल नेतृत्वको विकासँगै  मुलुकको दिगो विकास समेत योगदान पुर्याएको उल्लेख गरे।   

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले सहकारी क्षेत्रको समाचार सम्प्रेषण गर्नु सञ्चार क्षेत्रको अनिवार्य दायित्व भएको औँल्याउँदै मुलुको भविष्य सहकारी क्षेत्रमा रहेको बताए। 

पहिलो प्यानल डिस्कसन उठेका प्रश्नको जबाफमा डा खतिवडाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन–कानुनको आवश्यक भएको बताए। उनले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने र निकाय स्थापना गर्ने सुझाव दिए। 

महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन्। कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्। महासम्मेलनमा ७० जिल्लाका करिब १ हजारजनाको सहभागिता रहेको छ।