काठमाण्डौ । नेपाललगायत विश्वका अन्य विकसित तथा विकासोन्मुख मुलुकमा पनि सुशासन तथा भ्रष्टाचार निवारणसमन्धी विभिन्न तरिकाले शिक्षण संस्थाहरुले तल्लो लेभलदेखि नै सुशासनका बारेमा अध्यापन गर्दै आएका छन्।
सुशासनका पक्षमा र भ्रस्टाचारविरुद्धको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्र्थीलाई शिक्षित गर्दै लानुपर्ने आवश्यकता महसुस भएको छ। त्रिभुवन विश्वविद्यालयको आयोजना गरेको एक कार्यक्रमको अवसरमा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले यस्ता धारणा राखेका हुन्।
त्रिविले स्नातकोत्तर तह पहिलो शैक्षिकसत्रका विद्यार्थीलाई स्वागत गर्ने क्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रमसँगै सुशासनलाई पनि सँगै सुधार गर्दै लान सकियो भने दिगो रुपमा आर्थिक विकास गर्न सहयोग पुग्ने बताएका छन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका डिन प्राडा कुशुम शाक्यले संसारभरि नै सुशाशनको महत्व बढ्दै गएको र यसले समग्र विकासमा ठूलो सहायोग पुग्ने र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरी यस्तो विषय त्रिभुवन विश्वविद्यालयले सुरु गरेको बताए।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा रमेश पौडेलले कुनै पनि असल व्यक्ति र शैक्षिक संस्थाले देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचारविरोधी चेतनाको विकास गर्न योगदान गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे त्रिभुवन विश्वविद्यालयले यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्नेमा जोड दिए। ‘आजको दिनमा हाम्रो देशमा जसरी सुशासन बिग्रेको छ, त्यसलाई झन नाब्रिग्रोस् भनेर यस्ता कार्यक्रमहरु राम्रोसँग अगाडि बढाउनुपर्ने कुरा आजको टड्कारो आवश्यकता भएको छ’, उनले भने।
पौडेलले यो विषयको पढाइ सम्पन्न गरिसकेपछि विद्यार्थीले रोजगार बजारमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकायका सहायक डिन प्राडा ताराप्रसाद भुसालले विद्यार्थीले पढ्ने विभिन्न सेमेस्टरका बारेमा बताए। उनले आजका विद्यार्थी भोलिका दिनमा यस क्षेत्रका विज्ञका रुपमा तयार हुने आशा व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तन्ब्य व्यक्त राख्दै त्रिभुवन विश्वविद्यालय सुशासन तथा भ्रष्टाचार नियन्त्रण अध्ययन केन्द्रका अध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा गोपालप्रसाद तिवारीले सुशासन तथा भ्रष्टाचार निवारणको अध्ययन अध्यापनले व्यक्ति र समाजमा जबाफदेहीता बढाउने र नेपालजस्तो विकासशील देशमा शासनको प्रभाकरिता बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
कार्यक्रममा प्रशासनका तर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी समाजका प्रतिनिधि र नयाँ विद्यार्थीको सहभागिता थियो।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago