काठमाण्डौ । विश्व दिगो ऊर्जा अर्थात हरित ऊर्जातर्फ अघि बढिरहेको छ। यसका लागि विश्वको नजर जसमा केन्द्रित छ, त्यसको ठूलो भण्डार ल्याटिन अमेरिकाका तीन देशमा छ।

अर्जेन्टिना, चिली र बोलिभिया विश्वको ‘लिथियम ट्रायंगल’ हुन्। जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार छ। यस कारणले गर्दा, विश्वभरका सरकार र लगानीकर्ताको ध्यान ल्याटिन अमेरिकाको यस भागमा छ।

भविष्यको ऊर्जा आवश्यकता पूरा गर्ने यो खनिज विद्युतीय कार (ब्याट्रीबाट चल्ने सवारी)का लागि बनाइएका ब्याट्रीहरुमा पाइन्छ।

अन्तर्राष्ट्रिय रुपमा लिथियम बजार लगातार बढ्दै छ र धेरै खेलाडीहरु अब यस क्षेत्रमा आफ्नो खुट्टा सेट गर्न चाहन्छन्। अमेरिका र चीन स्ता देशहरु पनि यो महत्वपूर्ण खनिज कब्जा गर्न कुनै कसर बाँकी राख्न चाहँदैनन्।

‘संसार नयाँ ऊर्जातर्फ अघि बढिरहेको छ र विश्वका ठूला शक्तिहरु यसका लागि आवश्यक खनिजहरुको नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका छन्’, प्रख्यात थिंकट्यांक विल्सन सेन्टरका ल्याटिन अमेरिका कार्यक्रमका निर्देशक बेन्जामिन गाइडन भन्छन्, ‘यो युद्धको मैदान बनेको छ।’

‘अमेरिका पछि परेको बेला चीनले यस मामिलामा पहिले नै थालनी गरिसकेको थियो। तर अब चीनसँग पछि पर्न चाहँदैन’, गाइडन भन्छन्। 

‘सेतो सुन’ भनेर चिनिने यो खनिजलाई चिनियाँ कम्पनीहरुले वर्षौंदेखि संसारको हरेक कुनामा खोज्ने प्रयास गरिरहेका छन्। यसका लागि उनीहरुले ल्याटिन अमेरिकाका देशहरुमा पनि ठूलो लगानी गरेका छन्। जहाँ विश्वको ६० प्रतिशत लिथियम भण्डार रहेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्टअनुसार सन् २०२२ को तथ्यांकअनुसार विश्वमा ८ करोड ६० लाख टन लिथियमको भण्डार फेला परेको छ। सबैभन्दा ठूलो भण्डार बोलिभियामा छन्। त्यसपछि अर्जेन्टिना, चिली, अमेरिका, अस्ट्रेलिया र मेक्सिकोमा छन्।

चिली उत्खनन र लिथियमको ठूलो मात्रामा उत्पादनमा अग्रसर हुँदा मेक्सिको पनि १.७ मिलियन टनको सीमित लिथियम भण्डारको साथ यो उत्तर अमेरिकी बजारमा प्रमुख खेलाडी बनिरहेको छ। यो भौगोलिक रुपमा अमेरिका र क्यानडासँग नजिक छ र ब्याट्रीबाट चल्ने कारहरुको उत्पादनको केन्द्र बनिरहेको छ।

हालैका समयमा टेस्ला र बीएमडब्ल्यूजस्ता ठूला कार निर्माताहरुले मेक्सिकोमा आफ्ना कारखानाहरु निर्माण गरेका छन्। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले यस वर्षको सुरुमा टेस्ला कार कारखाना अमेरिकाको टेक्सासबाट करिब ३ घन्टाको दूरीमा मोन्टेरेमा निर्माण गरिने पुष्टि गरेका थिए।

यस वर्ष फेब्रुअरीमा बीएमडब्ल्यूले मेक्सिकोको सान लुइस पोटोसीमा रहेको आफ्नो कारखानामा सन् २०२७ देखि नयाँ कार उत्पादन गर्ने जनाएको थियो। यो कारखाना सन् २०१९ मा निर्माण भएको हो।

यी देशहरुमा लिथियमको ठूलो भण्डार

  • बोलिभिया – २१ मिलियन टन
  • अर्जेन्टिना – १९३ मिलियन टन
  • चिली – ९.६ मिलियन टन
  • अस्ट्रेलिया – ६.४ मिलियन टन
  • चीन – ५.१ मिलियन टन
  • कंगो – ३ मिलियन टन
  • क्यानाडा – २.९ मिलियन टन
  • जर्मनी – २.७ मिलियन टन
  • मेक्सिको – १.७ मिलियन टन
  • ब्राजिल – ४.७ मिलियन टन

गत वर्ष मार्चमा अमेरिकी दक्षिणी कमान्डकी प्रमुख जनरल लौरा रिचर्डसनले संसदको सशस्त्र सेवा समितिलाई चीनले ल्याटिन अमेरिकामा लगानी बढाएको बताएकी थिइन्। उनले चेतावनी दिँदै भनेकी थिइन्, ‘चीनले आर्थिक र कूटनीतिक स्तरमा र प्रविधि, सूचना र सैन्य उपस्थितिको सन्दर्भमा ल्याटिन अमेरिका र क्यारेबियनमा आफ्नो पदचिह्न विस्तार गरिरहेको छ।’

‘यो क्षेत्र खनिजले भरिपूर्ण छ र हाम्रा विरोधीहरुले यसको फाइदा उठाउन सक्छन् भन्नेमा म चिन्तित छु’, लौराले भनेकी थिइन्, ‘उनीहरुले यस क्षेत्रमा लगानी गरिरहेका देखिन्छन् तर यथार्थमा उनीहरुले यहाँको स्रोतको दोहन गरिरहेका छन्।’

दक्षिण अमेरिकाको अर्जेन्टिना, बोलिभिया र चिलीको ‘लिथियम ट्राएंगल’बारे लौराले भनिन्, ‘चीनले यस विषयमा निकै आक्रामक अडान लिएको छ र लिथियमको क्षेत्रमा जमिनी स्तरमा उन्नत प्रविधिको प्रयोग गरिरहेको छ।’

बेन्जामिन गाइडन भन्छन्, ‘चीन र अमेरिकाबीचको यो रस्साकस्सीले चीन अमेरिकाभन्दा अगाडि देखिन्छ। उनी भन्छन्, ‘चिनियाँ सरकारले ब्याट्री उत्पादनका लागि ल्याटिन अमेरिकामा ठूलो लगानी गर्न तयार भएकाले यस मामिलामा चीन एक कदम अगाडि रहेको छ। जब कि अमेरिकाको सम्पूर्ण ध्यान अमेरिकी कम्पनीहरुका लागि खनिज खरिद गर्ने हो ता कि उनीहरुले दिगो ऊर्जा उत्पादन गर्न सकुन्।’

यस्तो अवस्थामा ल्याटिन अमेरिकाका देशहरुसँग दुई प्रकारका विकल्प छन्। यो सम्भव छ कि खनिज सीधा निर्यात गर्नुको सट्टा तिनीहरुले चिनियाँ सम्झौता राम्रो पाउन सक्छन्। गाइडन भन्छन्, ‘तर, अमेरिका यस मामिलामा चीनलाई पनि उछिनेर चाहन्छ। अमेरिका र चीनजस्ता दुई ठूला शक्तिबीचको यो दौडमा दक्षिण अमेरिका फसेको कुरालाई नकार्न सकिँदैन।’ –बीबीसीबाट भावानुवादित