काठमाण्डौ । ‘स्मार्ट डोको’ नामको एक नेपाली इकमर्स पोर्टल हालै लञ्च गरिएको छ । 

लञ्चिङको अवसरमा स्मार्ट डोकोले केही सामानको खरीदमा ५० प्रतिशतसम्मको छुटको अफर समेत सार्वजनिक गरेको छ । त्यस्तै, अन्य सबै सामानको खरीदमा ५ प्रतिशत छुुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यो पोर्टलबाट सपिंगको क्रममा घोषित छुटको अफर प्राप्त गर्न चेकआउट गर्ने क्रममा कुपनकोड smartdoko  प्रयोग गर्नुपर्ने बताइएको छ । यो योजना जुलाई १४ देखि २० सम्म लागू हुने कम्पनीले बताएको छ । 

स्मार्ट डोकोमा विभिन्न उमेर एवम् समूहका लागि विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएका छन् । नेपालमा रहेका विभिन्न अनलाइन सपिङ्ग साइटहरुमध्ये यो पृथक रहेको कम्पनीको भनाई छ । 
यो पोर्टलको माध्यमबाट जति धेरै खरीद गर्यो, उति नै कमाउन सकिने, उत्कृष्ट सामान सस्तो मूल्यमा सहज उपलब्ध हुने, सहजै फिर्ताको सुविधा उपलब्ध रहेको र छिटो डेलिभरीको समेत उस्तै सुुविधा दिइने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समूह(प्रोडक्ट क्याटगोरी) रहेका छन् । ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पउने बताइएको छ । कम्पनीका अनुसार स्मार्ट डोकोमा ४५०० भन्दा बढी समानहरु रहेका छन् ।

ग्राहकले वेबसाइटमा सामानहरु दाँजेर हेर्न सकिने सुविधा पनि राखिएको छ । यसका अतिरिक्त कुनै पनि सामान खरिद गरेमा विभिन्न रिवार्ड प्वाइन्ट उपलब्ध हुन्छ र त्यस्तो रिवार्ड प्वाइन्टले स्मार्टडोकोमा रहेका अन्य सामानहरु किन्न पनि सकिन्छ । काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगञ्जमा यो कम्पनीले सेवा दिइरहेको बताइएको छ ।