काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। 

थापाथलीस्थित हुन्डाई शोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्वारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरिन्। 

यो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्पmत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए।

‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’  अफरको विजेताको घोषणा हिमालय टीभीमा लाइभ लक्की ड्रमार्फत भदौ ९ गते गरिएको थियो। कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल छन्। 

‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७० काठमाण्डौका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ योजनामार्पmत पनि ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो।

यो योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागू गरिएको थियो।