काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच साउन ३१ गते रु. ४ अर्बको १० वर्ष अवधि भएको ‘१०.७५% एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’को अंकित तथा चुक्तामूल्य रु. १ हजार कायम भएको कुल ४० हजार इकाइ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ। 

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आह्वान गरेको थियो। यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको हो। 

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेका तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन्। 

नेप्सेमा सूचीकृत भएसँगै भदौ १ गतेबाट यो ऋणपत्र दोस्रो बजार कारोबारमा आएको छ।