काठमाण्डौ । विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ।

डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जसअनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ। 

अहिले नेपालीहरुको घरआँगनमा चाड पर्वको मौसम छाइसकेको छ। यो रमाइलो पर्वको मौसमा थप खुशियाली र उत्साह थप्न डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ। २०७८ असोज ११ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउनेछन् साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु. २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने छन्। 

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत गरिनेछ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। यो योजना प्रभु टीभी, सिम टीभी र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ। 

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टीभी र सिम टीभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगका रुपमा लिइने लालिगा हेर्न सक्नेछन्। यो प्रतियोगिताको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रशारणको अधिकार डिशहोमले प्राप्त गरेको छ। 

हाल डिशहोममा खेल च्यानलका रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रशारण भइरहेको छ। डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ। 

यो योजना नेपालभर सीमित अवधिका लागि लागू हुनेछ।