काठमाण्डौ । अमेरीकी निर्माता तथा डिजे डिप्लोद्वारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट  २०१८ को मञ्च रोमाञ्चक शैलीमा सम्पन्न भएको छ । नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले यो कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

कन्सर्टको शूरुवात लाउरेद्वारा भव्य शैलीमा भएको थियो । लाउरेको उत्कृष्ट प्रदर्शनी पश्चात विपुल क्षेत्री र ब्यान्डले मञ्चलाई अझै रोचक बनाउँदै कार्यक्रम अघि बढाएका थिए । 

यस्तै नितेशजङ्ग कुँवरको रमाईलो प्रस्तुतीले मञ्च अझ रमणीय भएको थियो भने यसै क्रममा रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडीले ४५ मिनेटसम्म दर्शकमाँझ मनमोहक प्रस्तुती प्रदान गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 

अन्तिममा कार्यक्रमका मुख्य अकर्षण, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डिजे डिप्लोले मञ्चमा रौनक दिन आएका थिए, जसले उक्त सांगीतिक साँझलाई अझ अविस्मरणीय बनाएका थियो ।  

उक्त विश्वव्यापी ट्रयाक टुबोर्ग स्टे ओपन को ११ मे २०१८ मा प्रदर्शनी भएको थियो र नेपाली संस्करणको लिरिक्स् भिडियो भने जुनमा मात्र प्रदर्शनीमा आएको थियो । विश्वव्यापी कलाकारहरु डिप्लो र मोको साथ नेपाली कलाकारहरु लाउरे र बिपुल भएको म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनीमा आएको थियो । उक्त ट्रयाक पहिले अमेरिकी निर्माता तथा डिजे, डिप्लो र डेनिस गायिका मोले टुबोर्ग ओपनका लागि रेर्कड गरेका थिए । उनीहरु दुवै मिली स्टे ओपन ट्रयाक बनाए र नेपाली संस्करणको बिपुल र लाउरेले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गरेका छन् । 

एकअर्काको विचारहरु महिनौसम्म साटासाट गरेर, टुबोर्ग ओपन म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनी भयो जसले १ करोड भ्यु संकलन गरिसकेको छ ।

उक्त विश्वव्यापी अभियान आजको यस टुर्बोग ओपन फेस्टबाट समाप्त भएको छ । यस कोल्याबोरेशन्ले संगीतको कुनै सिमाना हुँदैन र संगीतले सिमानाहरु नाघी नयाँ सिर्जनात्मक विचारहरु ल्याउने प्रमाणित गदर्छ ।

यस परियोजना मार्चमा सुरु भएको थियो । बिपुल र लाउरे कोपनहागेन गएर डेनिस गायिका मो लाई भेटी उनीहरुको शैलीमा उक्त गीतको नेपाली संस्करण तयार गरेका थिए ।

यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने,“टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थियौं, यस ट्रयाक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहितछन्:“मेरो लागि तयार भएको ट्रयाक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुकोबारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्रयाक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु ।”

लाउरेले उत्साहित हुँदै भने, “टुबोर्गलाई यस्तो अविस्मरणीय अवसरको लागि धन्यवाद दिन चाहन्छु । टुबोर्ग ओपन प्रोजेक्टले नेपाली संगीत क्षेत्रमामात्र नभई पुरै नेपाली मनोरञ्जन क्षेत्रको बढुवा गरेको छ ।”

बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरे सँगको शानदार सहकार्यमा सहभागि हुन पाउदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग काम गर्न पायौं र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।”

गोर्खा ब्रुअरी प्रा.ली.का मार्केटिङ डाईरेक्टर, बैभब शर्माले भने, “हामी टुबोर्ग ओपन फेस्ट २०१८ मा डिप्लोे सँग हाम्रा स्थानिय कलाकार लाहुरे, बिपुल क्षेत्रीे, नितेश जङ्ग कुँवर, रोहित शाक्य र त्रिशला गुरुङ्गसँग आयोजना गर्न पाउँदा उत्साहित भएकाछौं । यो हाम्रो कलाकारहरुको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणिय रहेको छ ।”

अन प्याक र डिजिटलबाट सो अभियान सञ्चालन भएको हो । टुबोर्ग ओपनको यो अथक प्रयासको नतिजा हेर्नको लागि निम्न सामाजिक सञ्जालहरु हेर्नुहोस ।