काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेड पुस १७ गते(आज)देखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

हकप्रद खरीद गर्न इच्छुकले आगामी माघ २१ गतेसम्म आवेदन दिनुपर्नेछ ।

मंसिर ८ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था तथा तिनको शाखा कार्यालयबाट हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापूँजी ९७ करोड २० लाखको उचाईमा पुग्नेछ ।