काठमाण्डौ । मुलुककै पहिलो बैंक, नेपाल बैंक लिमीटेडले धादिङको धादिङबेसीमा शाखा बिस्तारसँगै औपचारिक रुपमा कारोबार थालेको छ ।

एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले सो शाखाको संयुक्त उद्घाटन गरे ।

सो अवसरमा बैकका अध्यक्ष वासुदेव अधिकारीले बैंकले धनी र गरीब दुवैलाई समान दृष्टिले हेरी बैंकिङ सेवामार्फत आर्थिक उन्नतिमा सघाउने बताउँदै यस बैंकद्वारा उपलब्ध गराईने  विभिन्न व्यवसायिक तथा सहुलियतपूर्ण कर्जा सेवाको सदुपयोग गरी व्यक्तिगत र राष्ट्रिqय समृद्धिमा सघाउन आग्रह गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल बैंक लिमिटेड हाल वित्तिय आधारमा सवल बैंकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे ।

बैंकको १६० औ शाखाको रुपमा स्थापित यस शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी, वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल, नेउवासंघ धादिङका पूर्वअध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए। 

नेपाल बैक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम बैंकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रहरी प्रमुख राजकुमार बैदवार, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तिय संस्थाका प्रमुखहरु, उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको समेत सहभागिता थियो ।