काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । बाँडफाँडको रिजल्ट समेत प्राप्त भएको छ । 

रिजल्टको सूचिमा तपाईले आफ्नो नाम खोज्नुपर्नेछ। 

समाचारको तल राखिएको रिजल्टको सूचिको माथिल्लोतर्फको दायाँभागमा रहेको Pop-Out मा क्लिक गर्नुहोस्, रिजल्टको सूचि गुगल ड्राइभमा खुल्नेछ र त्यहाँ कन्ट्रोल एफ हानेर सर्च अप्सनमा पुग्नुहोस् । सर्च अप्सनमा गएर आफ्नो नाम टाइप गरी रिजल्ट पत्ता लगाउनुहोस् । 

निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा आज बिहान १० बजे आयोजित एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो । 

यो कम्पनीले निश्कासन गरेको आइपीओ १० कित्ताको दरले १८ हजार ५५८ जनाले आइपीओ पाएका छन् । यस्तै, २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन्  ।  बाँकी ३ लाख ८ हजार ९२८ आवेदकको हात रित्तो भएको छ । 

यो कम्पनीले बैशाख २७ गतेदेखि ३१ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । सर्वसाधारणका लागि सुरक्षित गरिएको १ लाख ८५ हजार ५८७ कित्ता खरीदका लागि ३ लाख २७ हजार ७१६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २३० आवेदन रद्ध भएका थिए । 

सद्धर आवेदक ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख २४ हजार ७६० कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

स्वाभिमान माइक्रोफाइनान्सको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुगेको छ । 

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।

आइपीओको पूर्ण रिजल्ट यसप्रकार छ: