नयाँदिल्ली । पाकिस्तानको अर्थव्यवस्था हरेक दिन नयाँ संकटमा फसिरहेको छ । 

अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निकै कमजोर बन्दै गएको छ। इन्टर बैंकिङ ट्रेडमा बुधबार अमेरिकी १ डलर बराबर पाकिस्तानी १६४ रुपैयाँ पुग्यो। खुला बजारतर्फ भने १६० रुपैयाँ पुगेको थियो। बुधबार पाकिस्तानी रुपैयाँ १ डलरको तुलनामा ७.२ रुपैयाँ कमजोर बनेको हो। 

पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै संकटमा घेरिएको थियो। यस्तो अवस्थामा पाकिस्तानी मुद्रामा गिरावट आउनुले झनै संकटको खडल गहिरिएको छ। पाकिस्तानी मुद्रा इतिहासमै सबैभन्दा कमजोर बनेको हो। 

पाकिस्तानमा यो साता सुनको भाउ पनि आकासिएको छ। पाकिस्तानी बजारमा बुधबार सुनको कारोबार ८० हजार ५०० प्रति १२ ग्राम पुगेको थियो। पाकिस्तानको विदेशी मुद्रा भण्डार पनि ७.६ अर्ब डलरभन्दा तल पुगेको छ। 

पछिल्लो हप्ता स्टेट बैंक अफ पाकिस्तानले गर्भनर डा रजा बकिरले भनेका थिए, ‘मुद्रामा आएको यो गिरावट केही समयका लागि मात्र हो।’

पाकिस्तानका वर्तमान वित्तीय वर्ष जुन ३० मा सकिँदैछ। डा बकिरले भनेका छन्, ‘यो गिरावट देखिनुको मुख्य कारण थुप्रै कम्पनीहरुले जुन ३० सम्म आफ्नो सबै अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ र यसका लागि उनीहरुलाई डलरको आवश्यकता पर्छ। 

इमरान खान प्रधानमन्त्री बनेपछिको पछिल्लो १० महिनामा पाकिस्तानी मुद्रामा २९ प्रतिशतले गिरावट आएको छ। गत वर्ष अगस्ट १८ मा पाकिस्तानी अमेरिकी १ डलरबराबर पाकिस्तानी १२३.३५ रुपैयाँ थियो तर २०१९ मे २६ मा बढेर १६० रुपैयाँ पुग्यो। 

पाकिस्तानको इतिहासमा मुद्रामा यति कम समयमा यति धेरै गिरावट आएको पहिलोपटक हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग भएको ६ अर्ब डलर कर्जा सम्झौताले पनि पाकिस्तानी मुद्रामा अझै गिरावट आउने आशंका गरिएको छ। 

एबीपी रिसर्चका अदनान सेख भन्छन्, ‘डलरको तुलनामा पाकिस्तानी रुपैयाँ यो वर्षको अन्त्यसम्म १७५ देखि १८० सम्म पुग्छ सक्छ।’ 

सेख अगाडि भन्छन्, ‘पाकिस्तानी मुद्रामा गिरावट आउनु पक्का छ। यसलाई रोक्न सकिँदैन। आज वा भोलि अझे गिरावट आउन सक्छ। अन्तर्राष्ट्रिय भुक्तानीका लागि डलरको माग बढिरहनु र हामीसँग पर्याप्त डलर नहुनुले हामीले डलर किन्न पर्छ, जब हामी डलर किन्छौँ तब स्वदेशी मुद्रामा त गिरावट हाइहाल्छ नि।’

इमरान खान सरकारमा आउनुभन्दा पहिले मुद्रामा आएको गिरावटलाई लिएर निकै आक्रमक थिए। अहिले उनी आफैँ लाचार देखिएका छन्। 

इमरानको हालत खस्किँदै

मुलुकको आर्थिक संकट देखेर गत जुन १० मा प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्ना जनतालाई जुन ३० सम्ममा आफ्नो सम्पत्तिको घोषणा गर्न आह्वान गेका थिए। जसका कारण वैध र बेनामी सम्पत्तिबारे पत्ता लगाउन सकियोस्। 

प्रधामन्त्री इमरान खानले भनेका थिए, ‘जुन ३० सम्म आफ्नो बेनामी सम्पत्ति, बेनामी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसाको घोषणा गर्नुहोस्, त्यसपछि यस्तो मौका दिइने छैन।’

उनले यो पनि भनेका थिए, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बले बढेर ३० हजार अर्ब रुपैयाँ पुगेको छ, जसको हामी वर्षको चार हजार अर्ब रुपैयाँ ट्याक्सबाट जम्मा गरिरहेका छौँ, जसको आधार हिस्सा ऋणको किस्तान तिर्नमै जान्छ र बाँकी पैसा जुन बच्छ, त्यसले मुलुकको खर्च चलाउन सकिँदैन। 

खानले ट्याक्स वृद्धिका लागि घुमाउरो पारामा भनेका थिए, ‘संसारमा पाकिस्तान एउटा यस्तो देश हो जहाँ सबैभन्दा कम ट्याक्स तिर्नुपर्छ। तर ऋणको बोझ खतरनाक बन्दै गएको छ। त्यसैले यदि हामी तयार छौँ भने वार्षिक हामी १० हजार अर्ब रुपैयाँ जम्मा गर्न सक्छौँ।’

आईएमएफको सर्त 
पाकिस्तानले आईएमएफसँग ६ अर्ब डलर ऋण लिएको छ। यो ऋणको बदलामा प्रधानमन्त्री इमरान खानको सरकारले देको आर्थिक नीतिहरु आईएमएफको सर्तका हिसाबले अगाडि बढाइने वाचा गरेको छ। पाकिस्तानलाई आउँदो १२ महिनामा ७०० अर्ब रुपैयाँको फन्डको व्यवस्था गर्न दबाब परेको छ। 

आईएमफले पाकिस्तानको खर्चमा कटौती र ट्याक्समा बढोत्तरी गर्न दबाब दिइरहेको छ। पाकिस्तानको आउँदो बजेट ऐतिहासिक हुने वाला छ किनकि यसले देशको भविष्य कुन दिशामा जाने हो तय गर्नेछ। 

आर्थिक संकटका कारण पाकिस्तानमा धनी र गरिबीचको खाडल पनि बढ्दै गएको छ। पाकिस्तानको कराँच, लाहोर र इस्लामाबादका बजारलाई हेर्दा पनि पत्ता लाग्छ कि पछिल्लो केही वर्षमा यी सहरमा अटोमोबाइलका शानदार ब्रान्डका सबै खाले सोरुम खुलेका छन् तर पनि यिनै सहरमा रहेका ठूलो आवादी दुई छाकका लागि संघर्ष गरिरहनुपरेको कुरा ओझेलमा परेको छ। 

विदेशी मुद्रा भण्डार घट्दै
पाकिस्तानको विदेशी मुद्रा भण्डार लगातार कम भइरहेको छ। हालै भारतमा सम्पन्न आमनिर्वाचनमा करिब सात अर्ब डलर खर्च भएको छ जब कि पाकिस्तानसँग त्योबराबरको विदेशी मुद्रा भण्डार बचेको छ। पाकिस्तानमा निर्यात शून्य अवस्थामा छ भने महँगीको पारो तातिरहेको छ।

राजस्व घाटा आकासिएको छ भुक्तान सन्तुलनको लय बिग्रिएको छ। ऋण लिनुभन्दा आत्महत्या गर्नु बेस भन्ने प्रधानमन्त्री इमरान खान अहिले आईएमफको शरणमा परेका छन्। आईएमएफबाट पाकिस्तानले लिएको ऋण २२ औँ हो। पाकिस्तानको कुल खर्चको ३०.७ प्रतिशत हिस्सा ऋणको किस्ता तिर्नमै जाने गरेको छ। 

पाकिस्तानको खर्च आयातमा लगातार बढिरहेको छ तर निर्यातबाट कुनै सफलता हासि हुन सकेको छैन। पाकिस्तानले आफ्नो आर्थिक अवस्थामा सुनधार ल्याउन सकेन भने ऊ डिफल्टरमा पर्ने सक्ने खतरा बढिरहेको छ। सन् २०१५ मा पाकिस्तानको चालु खाता घाटा २.७ अर्ब डलर थियो जुन सन् २०१८ सम्म बढेर १८.३ अर्ब डलर पुगेको छ। 

करेन्ट अकाउन्ट डेफिसिटका कारण पाकिस्तानको व्यापार घाटा बढिरहेको हो। चाइना–पाकिस्तान इकनोमिक करिडोर (सीपीईसी) का कारण पाकिस्तानको आयात लगातार बढ्दै गएको छ। सीपीईसी चीनको महत्वपूकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ को हिस्सा हो। जसअन्तर्गत चिनले पाकिस्तानमा करिब ६० अर्ब डलर बचत गरिसकेको छ। – एजेन्सी