काठमाण्डौ । धादिङ जिल्लामा रहेको अन्तर्राष्ट्रिय ब्रान्डको हुआजिन सिमेन्ट (Huaxin Cement) उद्योगले विभिन्न पदमा २०० जना कर्मचारी माग गरेको छ । 
हुआजिन सिमेन्ट नारायणी प्रालिले आइतबार ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले प्रशासन, मानवसंशाधन, फाइनान्सन डिपार्टमेन्ट, सेल्स् डिपार्टमेन्ट, प्राडक्सन टेक्नोलोजी डिपार्टमेन्ट, क्वालिटी कन्ट्रोल डिपार्टमेन्ट, माइन डिपार्टमेन्ट र मेन्टेनेन्स एन्ड ग्यारेन्टी डिपार्टमेन्टका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले दुई साताभित्रै आवेदन दिन सक्नेछन् । कम्पनीले उम्मेदवारको उमेर ४० वर्षभन्दा मुनि तोकेको छ । 
कम्पनीले सबै पदका लागि यसअघि समान पदमा यस्तै कम्पनी काम गरेकालाई प्राथमिकतामा राख्नेछ । त्यस्तै कम्पनीले चिनियाँ कलेजबाट ग्राजुएसेन पूरा गरेका र चाइनिजी भाषाको आधारभूत ज्ञान भएका उम्मेदवारलाई प्राथमिकतामा राखिने जनाएको छ । 
उम्मेदवार आफ्नो अपडेटसहितको सीभी र आवश्यक कागजपत्र सम्मेलित आवेदन कम्पनीको huaxin-nphr@outlook.com
मा पठाउनुपर्ने छ । 
कम्पनीले सर्ट लिस्ट तयार पारेर छिटोमा जुलाईको तेस्रो साता अन्तर्वार्ताका लागि बोलाउनेछ । 
नेपाल र चीनको संयुक्त भेन्चरद्वारा स्थापित सिमेन्ट उद्योग १४० मिलियन डलरमा धादिङमा स्थापित भएको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट निकाल्ने बताइएको छ । 

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस् :