काठमाण्डौ । सोमस्र्वीद्धारा आयोजित कार्यक्रम ‘सिङ विथ सुशान्त’मा सुशान्त केसीसँगको संगीतमय साँँझले काल्म रेष्टुरेन्ट एण्ड बारमा युवा र संगीतप्रेमीहरुको ठूलो भीडलाई आकर्षित गर्यो ।
उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायकसँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनःगाउन अनुरोध गरे, जुन सुशान्तले स्वीकार गर्दै उनीहरुलाई मनोरञ्जन प्रदान गरे ।
सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत“रङ्गीन”पनि प्रस्तुत गरेका थिए । यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्केलगत्तै पहिलो प्रत्यक्ष प्रस्तुति हो ।
फ्रेन्डसीप महिना अभियानअन्र्तगत सोमस्र्वीले विशेष अतिथीको रुपमा ५० जना भाग्यशाली विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो । भाग्यशाली विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियोे, जहाँ उनीहरु सुशान्तसँग नजिक हुनका साथै निशुल्क खाना र सोमस्र्वी साथमा खान सक्थे ।
गोर्खा बु्रअरी प्रा.लि.का मार्केटिङ म्यानेजर रोजन अमात्यकाअनुसार “यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ, उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ की सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएका छन् ।”
सोमस्र्वीले युवामाझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी.लाई अगस्ट २०१९ बाट लागू हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ । सोमस्र्वीले धरान, बुटवल, पोखरा र नारायणगढ लगायत विभिन्न शहरहरुमा यही अगस्ट महिनामा ‘सिङ विथ सुशान्त’ कार्यक्रम आयोजना गर्दैछ ।
15 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago