काठमाण्डौ । सबैतिर पत्रपत्रिकाको पहुँच छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि र ज्ञानवद्र्धक विषयबारे जानकारी पाउन अहिले सञ्चारप्रविधिको विकासले निकै सहज पुर्याएको छ ।

अहिले डिजिटल पोर्टलहरुमा राखिएका गतिविधिहरु क्षणभरमै सबैले थाहा पाउने अवस्था छ । यही सञ्चारप्रविधिमार्फत लोकसेवा परीक्षाको तयारी गरिरहेकाहरुलाई थप सहयोग मिलोस् भनेर डिजिटल अनलाइन पोर्टल ‘बिजशाला’ ले नेपालमै पहिलोपटक यो अभियानको नेतृत्व गरिरहेको छ । हाम्रो यो अभियान लोकसेवा परीक्षामा सहभागी हुने उम्मेदवारहरुका लागि उपयोगीसिद्ध होस् भन्ने कामना हो ।

कम समयमै हाम्रो यो अभियानले लोकप्रियता हासिल गरेको छ। तपाइँका केही जिज्ञासा वा सुझाव छन् भने हामीलाई निर्धक्क भएर सम्पर्क गर्न होस् । हामी तपाइँका जिज्ञासा मेट्ने प्रयास गर्ने छौँ ।

महत्वपूर्ण समसामयिक

संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का सार्वजनिक
शताब्दी पुरुषको सम्मान गर्दै नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ भदौ २४ गते संस्कृतविद् सत्यमोहन जोशीको तस्बिरअंकित सिक्काहरू सार्वजनिक गरेको छ । रु. १००, रु. १००० र रु.२५०० दरका सिक्काहरू अर्थमन्त्री डा. युवराज खतिवडाले जोशीको जन्म शताब्दीका अवसर पारी सार्वजनिक गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाबाट निकालिएको रु. २५०० को सिक्काको तौल २५ ग्राम, रु. १००० को सिक्काको तौल १० ग्राम र रु. १०० को सिक्काको तौल ८.५ ग्राम रहेको छ । त्यस्तै रु. १०० का १० हजार सिक्का, रु. १००० का २५ हजार सिक्का र रु. २५०० का २५ हजार सिक्काहरु निष्कासन गरिएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन

वि.सं. २०७६ भदौ २४ गते दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको थियो । 

दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गरेका थिए । रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुलेको छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ । परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुगेको थियो ।

वि.सं. २०७६ साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो । पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटर गरी ६९.०८ किमी मा पाइप बिछ्याइएको छ ।

तलको प्रश्नसेट हल गर्नुहोस्–