काठमाण्डौ । नेपालको एकमात्र सरकारी ध्वजावाहक नेपाल एयरलाइन्स र निजी तारा एयर विश्वका सबैभन्दा अति जोखिमपूर्ण एयरलाइन्स कम्पनीको सूचीमा परेका छन् ।

एयरलाइन रेटिङ्स् डल कमले हालै सार्वजनिक गरेको विश्व अति जोखिमपूर्ण एयरलाइन्स कम्पनीहरुको सूचीमा तारा र नेपाल एयरलाइन्स क्रमशः पहिलो र दोस्रो स्थानमा परेका हुन् । एयरलाइन रेटिङले कालोसूचीमा परेको, इन्टनरनेसल ट्रान्सपोर्ट एसोसिएसन अपरेसनल सेफ्टी अडिट सर्टिफिकेट्स (आईओएसए) जस्ता सातवटा सूचचांकका आधारमा एयरलाइन कम्पनी सुरक्षाको रेटिङ गर्छ । तर तारा र नेपाल एयरलाइन्ससहित यो सूचीमा परेका कुनै पनि एयरलाइन्स कम्पनीहरुले यीमध्ये दुईवटा मापदण्ड पनि पूरा नगरेको पाइएको छ ।

तारा एयरलाइन्सले एउटामात्र मापदण्ड पूरा गरेको एयरलाइन रेटिङ्स् डल कमको प्रतिवेदनमा उल्लेख छ । सन् २०१० र २०११ मा थुप्रैको ज्यान जाने गरी तारा एयरलाइन्सका विमान दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यो एयरलाइन्सका आठवटा विमानले आन्तरिक उडान भर्दै आएको जनाइएको छ ।

त्यस्तै प्रतिवेदनमा नेपाल एयरलाइन्सका नौवटा विमान आठ वर्षको अवधिमा दुर्घटनामा परेको उल्लेख छ । सन् १९५८ बाट सञ्चालनमा आएको यो एयरलाइन्सलाई यूई भएर उडान भर्न बन्देज लगाइएको छ । नेपालको ध्वजावहाक यो एयरलाइन्सले पनि एउटामात्र मापदण्ड पूरा गएको पाइएको छ ।

यसैगरी अतिजोखिमपूर्ण एयरलाइन्सको सूचीमा आफगानिस्तानको सरकारी विमान कम्पनी एरियाना आफगान एयरलाइन्स, दक्षिण अमेरिकाको ब्लुविङ एयरलाइन्स, आफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको त्रिगाना एयर सर्भिस र काजिकिस्तानको एससीएटी एयरलाइन्स क्रमशः तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ सूचीमा परेका छन् ।