काठमाण्डौ । नेपाल टेलिकमले भ्यालेन्टाइन सकिएपछि भ्यालेन्टाइन अफर भन्दै विशेष नाइट भ्वाइस प्याकेजको अफर सार्वजनिक गरेको छ । 

भ्यालेन्टाइन डेको अवसरमा कम्पनीको जिएसएम सेवाका ग्राहकहरुका लागि २५ रुपैयाँमा २५० मिनेटको टकटाइम भएको नाइट भ्वाइस प्याकेज अफर सार्वजनिक भएको हो ।

यो अफर फागुन ३ गतेदेखि लागू भएको र फागुन १७ गतेसम्म रहने बताइएको छ । तर यो विषयमा जानकारी दिन विज्ञप्ति भने फागुन ४ गते जारी गरिएको छ । 

यो प्याकेजको अविधमा ग्राहकले प्याकेज लिएको  मितिबाट ७ दिनसम्म रहनेछ । यो अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राति १० बजे देखि विहान ६ बजेसम्म  गर्न सकिनेछ । यो प्याकेज लिनका लागि : VDAY  टाइप गरी १४१५ मा SMS गर्नुपर्ने बताइएको छ ।

यस्तै, कम्पनीले यही अवसरमा हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुने बताइएको छ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुनेछ ।