काठमाण्डौ । कोरोनाले थलिएको विश्वको लागि अर्काे अशुुभ र संकटपूर्ण समाचार आएको छ । वैज्ञानिकहरुले पृथ्वीको चुुम्बकिय क्षेत्र कमजोर भएको सनसनीपूर्ण खुुलासा गरेका छन् । 

वैज्ञानिकहरुले अफ्रिका र दक्षिण अमेरीका बिचको पृथ्वीको चुुम्बकिय क्षेत्र तीव्र गतिमा कमजोर बनेको बताएका छन् । यो घटनालाई वैज्ञानिकहरुले साउथ एट्लान्टिक विषमता भनिरहेका छन् । 

वैज्ञानिकहरुका अनुुसार पृथ्वीको चुुम्बकिय क्षेत्रमा देखिएको यो बदलाव ५ वर्षको दौरानमा भएको हो । वैज्ञानिकहरुले पृथ्वीको ध्रुवमा बदलावको प्रक्रिया सुुरु भएको अनुुमान लगाएका छन् । यसलाई अर्थ म्याग्नेटिक फिल्ड रिर्भसल भन्ने गरिन्छ । यसको परिणाम स्वरुप उत्तरी ध्रुव र दक्षिणी ध्रुवले एक अर्काको स्थान लिने गर्दछन् । यस्तो अन्तिम पटक ७८०००० वर्ष पहिले भएको थियो । 

चुुम्बकीय क्षेत्रका कारण पृथ्वी अन्तरिक्षबाट आउने रेडिएसन र सूर्यबाट निस्कने चाज्र्ड पाटिकलबाट बच्ने गर्दछ । 

उपग्रह र अन्तरिक्षयान माथि मडारियो गम्भिर संकट 
दक्षिण एट्लान्टिक विषमताका कारण उपग्रह र यो क्षेत्रबाट गुुज्रिने अन्तरिक्ष यानहरुका लागि गम्भीर संकट पैदा भएको वैज्ञानिकहरुले बताएका छन् । 

अन्तरिक्षमा चक्कर लगाइरहेका उपग्रह र अन्तरिक्ष यानहरुलाई प्राविधिक गडबडिको सामना गरिरहनुु परिरहेको छ । यो सम्पूर्ण संकटको खुुलासा युुरोपेलि स्पेस एजेन्सीले गरेको हो । 

एजेन्सीले आफ्नो सेटेलाइटको सहयोगबाट यस सम्बन्धि डेटा जुुटाएको हो । यो सेटेलाइट विशेष गरी पृथ्वीको चुुम्बकिय क्षेत्र तयार गर्ने चुुम्बिकिय तरंगहरुको पहिचानका लागि र त्यसको मापन गर्नका लागि बनाइएको हो । 

वैज्ञानिकहरुले यो सेटेलाइटले पृथ्वीको चुुम्बयि क्षेत्रमा आएको कमीबारे जानकारी दिएको बताएका छन् । 

युुरोपेलि अन्तरिक्ष एजेन्सीले सन् २०१३ देखि पृथ्वीको चुुम्बकिय क्षेत्रको अध्ययन गरिरहेको छ । यो मिसनका लागि तीनवटा उच्च गुुणस्तरका सेटेलाइटहरुले काम गरिरहेका छन् । जर्मन अनुुसन्धानकर्ता जुरगेन मटज्काले दक्षिण एट्लान्टिक विषमता पछिल्लो दशकमा देखिएको छ र यो अहिले तिव्र गतिमा बढिरहेको बताए । 

अनुुसन्धानकर्ताका अनुुसार पछिल्लो दुुई सय वर्षमा पृथ्वीको चुुम्बकिय क्षेत्रको तीव्रतामा ९ प्रतिशतको कमी आएको छ । यसबीचमा अफ्रिका र दक्षिण अमेरीकाको बीचमा रहेको ठूलो हिस्सामा सबैभन्दा धेरै चुुम्बकिय क्षेत्रको कमी देखिएको छ । 

वैज्ञानिकहरुका अनुुसार धुुव्रहरुमा बदलाव एक्कासी देखिने गर्दैन । यो त विस्तारै विस्तारै देखिने गर्दछ । यस्तो बदलाव प्रत्येक २५०००० वर्षमा देखिने गर्दछ ।