काठमाण्डौ । अमेरिकाले चीनबाट अमेरिकामा हुने हवाई उडानहरु यही जुन १६ बाट रोक लगाउने भएको छ।

अमेरिकाको यो कदमलाई दुुई देशबीचको बढ्दो तनावका रुपमा लिइएको छ। वास्तवमा ट्रम्प प्रशासनले यो महिनाको सुुरुआतदेखि चिनियाँ एयरलाइन्सलाई पूर्वनिर्धारित उडान भर्न प्रतिबन्ध लगाइरहेको छ। 

चीनमा यतिबेला कोरोना संक्रमणमा कमी आएको छ भने अमेरिकामा संक्रमण चरम उत्कर्षमा रहेको छ। विगत केही दिनदेखि यी दुुवै देशबीच हङकङ मुद्दालाई लिएर तनाव सिर्जना भएको छ। 

अमेरिकाले चीनको हवाई उडानमा रोक लगाए पनि यस विषयमा चीसँग निरन्तर छलफल जारी रहने जनाएको छ। चीनले पनि अमेरिकी उडानहरुलाई चीनमा पुुन सेवा प्रदान गर्न अनुुमति नदिएकाले अमेरिकाले चीनमाथि दबाब सिर्जना गर्न यस्तो कदम चालेको हो। यसका साथै ट्रम्प प्रशासनले विश्वको दुुई ठूला हवाई बजारबाट चीनलाई अलग्याउने धम्कीसमेत दिएको छ। 

चिनियाँ हवाई कम्पनीलाई अमेरिका उडानमा प्रतिबन्ध लगाउने निर्णय बुुधबार प्रकाशित भएको थियो र यो जुुन महिनाको १६ गतेबाट  लागू हुुनेछ। तर अहिलेको अवस्था हेर्दा यो तोकिएको अवधिभन्दा पनि बढी लम्बिन सक्नेछ। 

वासिङ्टन र बेइजिङबीच उत्पन्न बढ्दो तनावका कारण यस्तो अवस्था सिर्जना भएको विज्ञहरुले बताएका छन्। अमेरिकाको यातायात विभागको फैसला कार्यान्वयन हुुनका लागि राष्ट्रपति ट्रम्पको अनुुमति आवश्यक पर्ने गर्दछ। 

विगत केही महिनादेखि ट्रम्पले चीनमाथि कोरोनाभाइरसको विषय र हङकङ मुुद्दालाई लिएर कडा रवैया अपनाइरहेका छन्। मार्च महिनामा चीनले घरेलुु र विदेशी एअरलाइन्स कम्पनीहरुले सातामा केवल एकपटक मात्रै उडान भर्न सक्ने नियम बनाएको थियो। यो विवाद अमेरिकाले दशकौँदेखि अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अनुुमति बिनै उडान भर्न पाउने भनेर पछ्याइरहेको द्विपक्षीय सम्झौताको प्रस्थानसमेत हो। 

अमेरिकाको चीनसँग तथाकथित खुुला आकाश सम्झौता भएको छैन। चीनको उडानमा प्रतिबन्ध लगाउने अमेरिकी आदेशले चीनको हवाई कम्पनी एअर चाइना, चाइना इस्र्टन, चाइना साउर्दन र जियामेनलाई प्रभावित पारेको छ। “वर्तमान विवादले हामीलाई धैरै पछाडि धकेलेको छ, जहाँ विगत ३० वर्षदेखि हामी सीमित प्रवेश बजारबाट टाढा हुुन चाहिरहेका थियौँ”, हवाई विश्लेषक र टीडब्ल्यूएका पूर्वकार्यकारी प्रमुुख बब मानले भने। 

अमेरिकी कम्पनी डेल्टा एअरलाइन्स र युुनाइटेड एअरलाइन्सले कोरोना महामारीका कारण रोकिएको आफ्नो सेवालाई वर्षको सुुरुआतदेखि चीनमा फेरि सुुचारु गर्न गरेको प्रयासलाई चीनका हवाई अधिकारीहरुले अहिलेसम्म अनुुमोदन गरेका छैनन्। ‘हाम्रो अधिकार र निष्पक्षतालाई लागू गरेकोमा हामी अमेरिकी सरकारलाई सहयोग र प्रशंसा गर्छौं’, डेल्टाको विज्ञप्तिमा भनिएको छ। –एजेन्सी