काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालद्वारा जारी सूचनामा राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिइएको छ। सूचनामा बैंकमात्रै नभई क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत शनिबार खुला राख्न निर्देशन दिइएको छ।
कोभिड–१९ को संक्रमणका कारणले सिर्जना भएको असहज परिस्थितिको सन्दर्भमा करदाताहरुले बुझाउनुपर्ने कर सहज रुपमा बुझ्ने व्यवस्था गर्न तथा सर्वसाधारणको सहजताका लागि बैंकहरु खुला राख्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।
13 minutes ago
41 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago