काठमाण्डौ । अर्थशास्त्रतर्फ सन् २०२० को नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पउल मिलग्रोम र रोबर्ट विल्सनलाई प्रदान गरिएको छ । 

यी दुई अर्थशास्त्रीलाई अक्सन थियोरीमा उनीहरुले दिएको योगदानको आधारमा पुरस्कृत गरिएको रोयल स्विडीस एकेडेमी अफ साइन्सेसले जनाएको छ । 

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई आधिकारीक रुपमा सिभिरगेस रिक्सबैंक प्राइज भन्ने गरिन्छ । यसको स्थापना स्विेडेनको केन्द्रीय बैंकद्वारा गरिएको हो र यसलाई सन् १९६९ देखि उद्योगी अल्फ्रेड नोबेलको सम्झनामा प्रदान गरिँदै आइएको छ । 

सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजित बेनर्जीे, इस्थर डुफ्लो र माइकल क्रेमरलाई विश्वप्यापी गरिबी उन्मुलनमा योगदान पुर्याएकाले संयुक्त रुपमा प्रदान गरिएको थियो ।