काठमाण्डौ । कृषिमन्त्री गौरीशंकर चौधरीले पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । 

उनले बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका  हुन् । 

बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अबलोकन गरेका थिए । अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प  क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । 

सरकारको सहयोगबिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग जारी रहने समेत बताए । 

अनुगमनमा मन्त्री संगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए । उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म  फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।