काठमाण्डौ । होन्डा कम्पनीले होन्डा सिटी ह्याचब्याक पेस गरेको छ। यो कार हाल थाइल्यान्डमा पेस गरिएको र त्यहीँबाट यो कारको बिक्री सुरु गरिनेछ।

होन्डाले सिटीको ह्याचब्याक भर्जन निकै लामो समयपछि पेस गरेको हो। 

होन्डा सिटी ह्याचब्याक सेडानजस्तै प्लेटफर्ममा आधारित छ । कारको लगभग सबै बडी प्यानल्स सेडानबाटै लिइएको छ । कारमा स्पोर्टी लुकका लागि ब्ल्याक्ड आउट ग्रिल र डार्क क्रोम फिनिस पनि दिइएको छ। यसका साथै कार १६ इन्च आयल ह्विल्जका साथ आउने छ। 

कारको इन्टिरियर लगभग सिटी सेडानकै जस्तो छ। यसमा कुनै खास परिवर्तन पाइने छैन।

सिटी ह्याचब्याकमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ। जसले १२२एचपी पावर जेनेरेट गर्न सक्छ । यो इन्जिनका साथ सीभीटी गियरबक्स दिइएको छ। अलग–अलग मार्केटमा कम्पनीले यो कार फरकफरक इन्जिनका साथ पेस गर्न सक्छ । – एजेन्सी