काठमाण्डौ । जर्मनीको गाडी निर्माता कम्पनी बीएमडब्ल्यूले भारतमा आफ्नो पावरफुल एसयूभी एक्स ५ एम कम्पिटिसन लन्च गरेको छ।

यो कारको मूल्य भारु १.९४ करोड तोकिएको छ। बीएमडब्ल्यू एक्स ५ एम एउटा स्पोर्ट्स एक्टिभिटी भेइकल (एसयूभी) हो। यसलाई भारतमा सीबीयू मार्गका माध्यमबाट ल्याइएको हो। यो कारले भारतमा ओडी आरएसक्यू ८ र लेम्बोर्गिनी उरुसजस्ता कारलाई टक्कर दिनेछ। 

यो कार कार्बन ब्ल्याक, ब्ल्याक स्याफायर, मिनरल ह्वाइट, मरिना बे ब्ल्यू, डोनिंगटन ग्रे, म्यानहट्टन ग्रिन र टारनेडो रेड बाहिरी रङमा पेस गरिएको छ। यसमा विकल्पका रुपमा बीएमडब्ल्यू इन्डिभिजुअल कलर्सजस्ता तनाजेइट ब्यू र अमेट्रिन पनि समावेश गरेको छ। 

यो कारमा नयाँ पिढीको ४.४ लिटर ट्विनपावर टर्बो भी८ इन्जिन रेसट्रयाकमा विकसित गरिएको इन्जिको प्रयोग गरिएको छ। जसले ६ हजार आरपीएममा ६०० एचपीको पावर र १ हजार ८०० देखि ६०० आरपीएमका बीच ७५० एनएमका पिक टार्क उत्पादन गर्न समक्ष छ। इन्जिलाई ८ स्पिड एम स्टेपट्रोनिक अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।

यो कारले ३.८ सेकेन्डमै स्ट्यान्डपिलबाट १००केएमपीएचसम्मको दूरी तय गर्न सक्छ । त्यस्तै २५० किलोमिटर प्रतिघन्टाको इलेक्ट्रोनिक लिमिटेड टप स्डि दिइएको छ। – एजेन्सी