काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यो वर्ष रेकर्डतोड उचाइमा पुगेको छ।

हिजो बुधबार बिटक्वाइनको मूल्य ४.५ प्रतिशतले उकालो लागेको छ। यो बढोत्तरीसँगै बिटक्वाइनको प्रतियुनिट मूल्य २० हजार ४४० अमेरि डलर अर्थात २४ लाख रुपैयाँ बढी भएको छ। 

यो वर्षमात्रै बिटक्वाइनको मूल्यमा १७० प्रतिशतको उछाल आएको छ। अल्पकालीन मुनाफा बुक गर्न अहिले ठूला लगानीकर्ताहरु धमाधम बिटक्वाइन खरिद गरिरहेका छन्। यसले पनि बिटक्वाइनको मूल्य बढोत्तरी भइरहेको हो।

त्यसो त कोरोना महामारीबीच गत मार्चमा यो बिटक्वाइनको मूल्य प्रतियुनिट ४ हजार डलर झरेको थियो। तर अहिले डलरको भाउ कमजोर भएका कारण बिटक्वाइनको मूल्य बढोत्तरीमा पुनः तीव्रता आएको हो। 

यसैगरी सुनको भाउ अन्तर्राष्ट्रिय बजार गिरावट आउँदा पनि लगानीकर्ताहरु धमाधम बिटक्वाइनमा पैसा खनाइरहेका छन्। 

बिटक्वाइनको मूल्य आकासिनुमा अर्को प्रमुख कारण भनेको विश्वकै सबैभन्दा ठूलो असेट म्यानेजमेन्ट फर्म ब्ल्याक रकले सेफ हेभन चाइसका रुपमा रहेको बिटक्वाइनले एक दिन सुनको स्थान लिने अनुमान गर्नु पनि हो। यस्तै साना क्रिप्टोकरेन्सी शुमार इथेरियम, एक्सआरपी, लाइट क्वाइन र स्टेलरको मूल्य बढोत्तरी पनि बिटलक्वाइनको मूल्य उछाल आएको बताइन्छ।

बिटक्वाइन एउटा भर्चुअल अर्थात आभासी मुद्रा हो। यसलाई डिजिटल करेन्सी पनि भनिन्छ। यसलाई हेर्न र छुन सकिन्न। यो इलेक्ट्रोनिक रुपमा स्टोर हुन्छ। 

बिटक्वाइनको खोज सन् २००८ मा भएको थियो। यसलाई आधिकारिक रुपमा सन् २००९ मा लन्च गरिएको थियो। – एजेन्सी