काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका एक सल्लाहकारले मन्त्रीपरिषदबाट आएको सिफारिस फिर्ता हुन संभव नरहेको बताएका छन् । 

राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले यस्तो बताएका हुन् ।

उनले मन्त्री परिषदबाट औपचारिक रुपमा निर्णय भई आएको संसद् विघटनसम्बन्धी सिफारिस फिर्ता नहुने संकेत गरेका हुन् । 

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीबाट औपचारिक रुपमा निर्णय भई आएको सिफारिस फिर्ता गर्न संभव नै छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी प्रतिनिधिसभाका लागि आगामी बैशाख २३ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेका छन् । ओलीको यो कदमको सर्वत्र विरोध भइरहेको छ । 

संविधानविदहरुले ओलीले संविधानमाथि 'कू' गरेको आरोप लगाइरहेका छन् ।