काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मन्त्रीहरुले सामूहिक राजीनामा दिंदैछन् । 

एक मन्त्रीकाअनुसार प्रचण्ड र नेपाल पक्षबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहित राजीनामा दिने तयारी गरेका हुन् । 

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबाहदुर बस्नेत, खानेपानीमन्त्री बिना मगर, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, पर्यटन मन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भूसालले सामूहिक राजीनामा दिन थालेका हुन्।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्टको पनि राजीनामा आउनसक्ने बताइएको छ । तर पछिल्लो समय थापा र भट्ट ओली निकट छन् भन्ने चर्चा चल्ने गरेको छ ।