काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबारसम्म ८ वटा रिट दर्ताका लागि पेस भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरुले आइतबार ३ वटा र सोमबार थप ५ वटा गरी ८ वटा रिट दर्ताका लागि पेस भएका हुन्। सर्वोच्चको मुद्दा महाशाखाका अनुसार सबै रिट दर्ता प्रक्रियामा छन्। 

अध्ययन र प्रक्रिया पूरा भएपछि दर्ताका विषयमा निर्णय लिइने महाशाखाका एक अधिकारीले बताए।