काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना गुटका ५ नेतालाई मन्त्री बनाएका छन् । 

संसद विघटनको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही मन्त्रीले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्रीले नियुक्तिको निर्णय गरेका हुन् । 

जसअनुसार श्रम मन्त्रीको जिम्मेवारी प्रभू साहले पाएका छन् । यस्तै, पर्यटनमन्त्रीमा मणि थापा नियुक्त भएका छन् भने खानेपानीमा गौरीशंकर चौधरी, खानेपानीमा दावा लामा र उर्जामा टोपबहादुर रायमाझीलाई नियुक्त गरिएको छ । 

नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुने कार्यक्रम रहेको छ ।