काठमाण्डौ । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबीको दोस्रो ग्रामीण अभियान सम्पन्न गरेको छ । 

ग्रामीण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामीण अभियान सुरु गरेको थियो । 

यो अवधिमा जेसीबी इण्डियाका प्राविधिकसहितको टोलीले नेपालभर ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको थियो । 

अभियानका क्रममा ग्रामीण क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने जेसीबी २डीएक्सएल लोडर र ३डिएक्स सुपर ब्याकहोको प्रदर्शनीसमेत गरिएको थियो । 

‘जेसीबीका मेसिनहरु सम्भवतः सबै प्रकारका उद्योगहरुमा प्रयोग गर्न सकिन्छ । जलविद्युत, राजमार्ग, विमानस्थल जस्ता मेगास्ट्रक्चरको निर्माण कार्यमा मात्र होइन हाम्रा मेसिनहरु पेट्रोल पम्प, पशुपालन, खेतीपाती जस्ता साना व्यवसायमा समेत प्रयोग हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिब देउजाले भने, ‘हामी व्यवसायी र स्थानीय बासिन्दालाई जेसीबीका मेसिनहरु प्रयोग गरेर कसरी समय र पैसाको बचाउ गर्न सकिन्छ भन्ने चेतना जगाउन चाहन्थ्यौं । यसमा हामी सफल भएका छौं ।’

‘स्थानीय तहबाटै विकास निर्माणको कार्यलाई प्राथमिकता दिइरहेको समयमा यस्तो मेसिनहरु हरेक गाउँ र सहरमा अपरिहार्य जस्तै भइसकेको छ,’ उनले अगाडि भने, ‘अहिले उपभोक्ता समूह र टोल सुधार समितिहरुले समेत स्थानीय प्रयोजनका लागि हेभि इक्विपमेन्ट राख्ने चलन बढेको छ । यस्तो अवस्थामा मेसिनबारे जानकारी हुनु आवश्यक छ । त्यसैले नै हामीले यो अभियान चलाएका हौं ।’

ग्रामीण अभियान अवधिभर जेसीबीका मेसिन किन्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणको अवसर दिइनुका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट समेत दिइएको थियो । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।

नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको कम्पनीको दाबी छ ।