काठमाण्डौ । विश्व महामारी कोरनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अघिल्लो मार्चबाट बन्द रहेको अस्ट्रेलियाका सीमा नाकाहरु आउँदो जुलाई पहिलो सातादेखि आंशिक रुपमा खुल्ने भएका छन्। 

अस्ट्रेलियाको स्वास्थ्य विभागले अतिप्रभावित र आंशिक प्रभावमा रहेका देशहरुको अवस्थादेखि सीमा क्षेत्र खुला गरिने स्पष्ट पारेको छ। यसका लागि सीमामा निगरानी झनै बढाइने विभागको भनाइ छ। 

आफ्ना देशका नागरिकको हकमा भने आफ्नै खर्चमा १४ दिन होटेल क्वारेनटाइन बस्ने सर्तमा आवतजावत अनुमति दिन सक्ने विभागले जनाएको छ। देशको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर क्वारेनटाइनलाई भने निरन्तरता दिइन लागेको विभागले प्रस्ट पारेको छ। – एजेन्सी