काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । 

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको हो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो । 

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ । 

प्रवक्ता उपाध्यायका अनुसार हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने बढाइएको छैन । 

इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले नेपाली बजारमा समेत मूल्य बढ्न पुगेको निगमको भनाई छ ।