काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही माघ १६ गतेबाट निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार अंकित दरका ४० लाख इकाइ भएका ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४’ निष्कासन गर्न लागेको हो। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर १८ गते निष्कासन अनुमति दिएको थियो।
बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइको सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
धितोपत्र बार्डबाट इजाजत प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा तिनका तोकिएका शाखाहरुबाट ऋणपत्रमा आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन छिटोमा माघ २० गते र ढिलामा माघ ३० गते बैंकिङ समयपछि बन्द हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
सातवर्षे यो ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ। लगानीकर्ताहरुले ऋणपत्रमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज पाउने छन् भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
13 hours ago