काठमाण्डौ । व्यापारीबाट अमेरिकाको राष्ट्रपतिसम्म बनेका डोनाल्ड ट्रम्पको सम्पत्ति ४ वर्षमा १.२ बिलियन डलर अर्थात १४०३२ करोड रुपैयाँले घटेको छ।
अमेरिका ४५ औँ राष्ट्रपति ट्रम्पको कार्यकाल हिजोबाट सकिएको छ। जो बाइडन ४६ औँ राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरिसकेका छन्।
फोब्र्सका अनुसार चार वर्षअघि ट्रम्पको कुल सम्पत्ति ३.७ बिलियन डलर (४३२०० करोड रुपैयाँ) थियो। राष्ट्रपति बनेपछिको चार वर्षपछि उनको सम्पत्ति घटेर कुल २.५ बिलियन डलर (२९२८० करोड रुपैयाँ) मा सीमित बनेको छ। अर्थात यो अवधिमा उनको कुल सम्पत्ति १.२ बिलियन डलर (१४०३२ करोड) ले घटेको छ।
ट्रम्पको ट्रम्प अर्गनाइजेसन रहेको छ। यो कम्पनीले विशेषगरी रियल स्टेटमा लगानी गर्छ।
न्युयोर्क टाइम्सका अनुसार पिता फ्रेड ट्रम्पबाट ट्रम्पले ४१३ मिलियन डलर अर्थात ४८०० करोड रुपैयाँ सम्पत्ति पाएका थिए। फ्रेडले नै ट्रम्प अर्गनाइजेसन सुरु गरेका थिए। यो कम्पनीले रियल स्टेटका साथ होटेल, गल्फ र लाइफस्टाइलजस्ता क्षेत्रमा लगानी गर्छ।
लकडाउनका कारण ट्रम्पको रियल स्टेट व्यापारमा ठूलो नोक्सानी भएको थियो। – एजेन्सी
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
15 hours ago