काठमाण्डौ। बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ।
बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा यो सेवा उपलब्ध गराएको हो। यो सेवा सुरु गर्न सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन्।
बैंकको आफ्ना संस्थागत ग्राहकलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिनेछ। उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस र एनसीएचएल–आईपीएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ।
यस प्रणाली सुचारु गरेपश्चात बैंकको संस्थागत ग्राहकले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानी गर्न सक्नेछन्। संस्थागत ग्राहकले यस सेवा सुचारुका लागि आवश्यक प्रकृया पूरा गरी बैंकमा आवेदन दिनुपर्नेछ। साथै, ग्राहकले आफ्ना आवश्यकताबमोजिम यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरुसमेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ।
यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैंकिङ कारोबारहरु चेकको प्रयोग नगरी अनलाइनका माध्यमबाट नै गर्न सकिने हुँदा संस्थागत ग्राहकलाई सजिलो हुने विश्वास बैंकले लिएको छ।
यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको छ।
बैंकले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
7 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago