काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्षहरूलाई विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारी दिइएको छ। 

महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा पूर्वअध्यक्षहरुले विभिन्न जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ। जसअन्तर्गत निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत संयुक्त व्यापार फोरमको जिम्मेवारी दिइएको छ। 

यसैगरी पूर्वअध्यक्षहरु महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्म ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्पबर्स अफ कमर्स एन्ड इन्डस्ट्र तथा रविभक्त श्रेष्ठलाई अनुशासन समितिको जिम्मेवारी दिइएको छ।

यस्तै पूर्वअध्यक्षहरु विनोदकुमार श्रेष्ठलाई नेपाल–चाइना नन–गभरमेन्टल कोअपरेसन फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मवारी प्रदान गरिएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच औपचारिक रूपमा पत्र हस्तान्तरण गर्दै वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षज्यूहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरेका छन्।